रामेछापमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

जिल्लाका सबै पालिकाहरुमा यो अभियान सुरु

रामेछापमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

जिल्लाका सबै पालिकाहरुमा यो अभियान सुरु

आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू भएको हो ।

रामेछापमा सचेतना र्यालीबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा आज सदरमुकाम मन्थलीमा हिंसा विरुद्धका विभिन्न प्लेकार्ड सहित सचेतना र्याली गरिएको छ ।

रामेछाप नगरपालिकाले पनि १६ दिने अभियान विभिन्न कार्यक्रम मनाउने जनाएको छ । जिल्लाका सबै पालिकाहरुमा यो अभियान हरेक वर्ष विभिन्न कार्यक्रहरु आयोजना गरी मनाईदै आएको छ ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार