कोरोना सङ्क्रमण घट्दै जाँदा रामेछापमा विद्यालयहरु खुल्ने क्रम बढ्यो

रामेछापमा कोरोना सङ्क्रमण घट्दै जाँदा विद्यालयहरु खुल्ने क्रम बढेको छ । जिल्लाको ८ वटै स्थानिय तहहरुमा अहिले भौतिक रुपमा पठनपाठन सन्चालन भईरहेको छ । स्थानीय सरकारले कोरोना सङ्क्रमणको अबस्था हेरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै धमाधम विद्यालय खोल्न थालेका हुन् । झण्डै ६ महिना देखि घरमै रहेका बालबालिका पनि विद्यालय जान पाएर खुशी छन् । […]

रामेछापमा काँग्रेसको ६१ वडामा सर्वसम्मत नेतृत्व चयन,२ वडामा निर्वाचन,१ वडामा अझै लफडा

रामेछापमा नेपाली काँग्रेसको ६१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । हिजो भएको वडा अधिबेशनमा जिल्लाका ६४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो । जिल्लाका ८ स्थानिय तहका ६४ वडामध्ये २ वटा वडामा निर्वाचन भएको हो । दोरम्बा गाउँपालिका २ दोरम्बा र मन्थली नगरपालिका १३ मा […]

रामेछापमा हरितालिका तीज (फोटोफिचर)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । रामेछापका विभिन्न शिवालयहरुमा विहार्नैदेखी भक्तजनहरुको भिड छ । महिलाहरु मन्दिर,खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन् । जिल्लाको प्रमुख धार्मिक स्थलहरु थानापति,केवलेश्वर,ताराखसे लगायतका मन्दिरहररुमा महिलाहरु भेला भएर तिज मनाइरहेका छन । जिल्लाका विभिन्न ठाउँमा तिज मनाईरहेका महिलाहरुले सामाजिक […]

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,रामेछापका पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइँदा केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक […]

रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला […]

बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । रामेछापका ५ सहित यस प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि […]

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक […]

अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका सबै सामुदायिक तथा निजी बिद्यालय संचालन गर्न दिने निर्णय गरेको हो । लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट […]

यहि भदौ २५ गतेदेखि रामेछाप नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको रामेछाप नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका रामेछाप नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको […]

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा चिलाउनेमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको हो । हिजो राति खेतमा पानी लगाउन जाने क्रममा भिरबाट लडेर ७७ वर्षिय टलक बहादुर मगरको मृत्यु गएको सोहि वडाका वडाअध्यक्ष टुपेन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि […]