रामेछापका ३७ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको पूर्ण खोप

रामेछापका ३७ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको पूर्ण खोप

रामेछापका ३७ हजार भन्दा बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका ३७ हजार ३ सय ३२ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेने खोप लगाइएको थियो । जिल्लामा २०७७ माघ महिना देखि विभिन्न चरणमा कोरोना विरुद्धको खोप लगाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार