नक्कली लाइसेन्स बोकेर अटो चलाउदै आएका माझी मन्थलीबाट पक्राउ

नक्कली लाइसेन्स बोकेर अटो चलाउदै आएका माझी मन्थलीबाट पक्राउ

नक्कली चालक अनुमतीपत्र (लाइसेन्स) बोकेर अटो चलाउदै आएका रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका बिर्खबहादुर माझीलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले पक्राउ गरेको छ । ज १ ह ५०५१ नम्बरको अटो चलाउदै आएका माझीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

आज मन्थलीमा सवारी साधन चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स साथमा बोकी अटो चलाउदै आएका उनलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिकल भट्टराईले जानकारी दिनुभयो । चालक माझीले यातायात कार्यालय बा्गमतीबाट २०७० साल चैत्र २२ गते जारी भएको लाइसेन्स नम्बर ०६–४८२४०७ कार र अटो चलाउन मिल्नेगरी किर्ते चालक अनुमती पत्र बोकी अटो चलाउदै आएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार