रामेछापमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन : मतदान जारी

रामेछापमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन : मतदान जारी

नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशन सदरमुकाम मन्थलीमा भइरहेको छ । कांग्रेसको जिल्ला अधिवेशनले मन्थली बजारमा निकै भिडभाड बढेको छ । जिल्ला समन्वय समितीमा जिल्ला कार्यसमिती चयनका लागी मतदान भइरहेको हो ।

मतदान गर्न काडंग्रेसका कार्यकर्ताहरु मन्थली विच बजारको सडक नै अबरुद्ध गरेर लाईनमा बेसेका छन । प्रहरीलाई सवारी साधन व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । जिल्ला सभापतिमा लवश्री न्यौपाने ,कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छाराम) चुनावी मैदानमा हुनुहुन्छ ।

हिजोदेखी जारी अधिवेशन आज पनि सकिएको छैन । हिजो मतदान केन्द्रमा असन्तुष्ट केहि कार्यकर्ताहरुले ढुङ्गा हानेपछि विवाद उत्पन्न हुँदा मतदान रोकिएको थियो । सोहि रोकिएको मतदान आज विहान १० बजेदेखी नै जारी छ । १४ सय भन्दा बढी मतदाताले मतदान गर्ने छन ।

हिजो ६ सय भन्दा बढीले मतदान गरिसकेका छन । रामेछापमा कांग्रेसको सभापतिसहित पदाधिकारी र कार्यसमिति गरी ३९ पदको लागि ८० जनाको उम्मेदवारी परेको छ भने २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार