नेपाली कांग्रेस रामेछापलाई एक बनाएर लैजान्छु : सभापति कान्छाराम

नेपाली कांग्रेस रामेछापलाई एक बनाएर लैजान्छु : सभापति कान्छाराम

नेपाली कांग्रेस रामेछापका नव निर्वाचित सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले रामेछापमा नेपाली कांग्रेसलाई एक बनाएर लैजाने बताउनुभयो ।

जिल्ला सभापतिमा निर्वाचित भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई दिने क्रममा बोल्दै उहाँले जिल्लामा गुट,उपगुटको अन्त्य गरेर सबैसँग समन्वय,सहकार्य र एकताको साथ काम गर्ने बताउनुभयो ।

जिल्लामा समाजसेवाबाट नाम कमाउने सफल व्यक्तिका रुपमा कान्छाराम तामाङलाई लिइन्छ । उहाँले जिल्लाका सबै स्थानिय तहहरुमा एम्बुलेन्स,शववाहन र घाइेते तथा गम्भिर विरामीहरुलाई हेलिकप्टर मार्फत उद्धारको काम गर्दै आउनुभएको छ । समाजसेवाको आफनो काम निरन्तर रुपमा जारी रहने कान्छारामले ईरामेछापसँग बताउनुभयो ।

कान्छाराम जिल्ला सभापतिमा निर्वाचित भएसँगै उहाँलाई बधाई दिनेहरुको सदरमुकाम मन्थलीमा भिड छ । जिल्ला सभापतिका लागी भएको मतदानमा सभापतिका अन्य प्रतिस्पर्धीहरु लवश्री न्यौपाने र कृष्ण महतमध्ये कान्छारामले बढी मत प्राप्त गर्नुभएको थियो ।

उहाँले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी भइरहेका बेला सहमति निर्माण भएसँगै पुनः मतदान नगरी सभापतिमा कान्छाराम निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार