रामेछापमा प्रहरी दिवसको अवसरमा रक्तदान

रामेछापमा प्रहरी दिवसको अवसरमा रक्तदान

६६ औं प्रहरी दिवसको अवसरमा रामेछाप प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि रामेछाप शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ११ जना प्रहरीले रक्तदान गरेको प्रहरी प्रबक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा यस वर्ष भने रक्तदान कर्यक्रम मात्र भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार