बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएको हो । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । […]

स्कुटर दुर्घटना हुँदा रामेछापका तामाङको मृत्यु

स्कुटर दुर्घटनामा परी रामेछापका एक जनाको ज्यान गएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश ०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]

लक्ष्मी पूजा गर्ने क्रममा आगोलाग्दा रामेछापकोे लिखुतामाकोशीमा एक घर जल्यो

दीपावलीका क्रममा रामेछापकोे लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ अत्मारामा आगलागी भएको छ । स्थानिय कमला खड्काको घरमा हिजोे बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियो र मैनबतिबाट आगो सल्किएको र खड्काको घर पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट अन्दाजि ५५ हजार नगद, डेढ तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको छ । हिजो […]

रामेछाप देउरालीमा बौलाहा कुकुरको टोकाइबाट ८ घाइते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको बेसीटोलमा बिहीबार बौलाहा कुकुरको टोकाइबाट ८ जना घाइते भएका छन् । कुकुरले केही घरपालुवा पशुलाईसमेत टोकेको छ । वडा सदस्य सुशीलहरी बख्रेलका अनुसार कुकुरको टोकाइबाट १३ वर्षीय बालक पंकज बुढाथोकी, जमुना बुढाथोकी, रामबहादुर बस्नेत, दिपेन्द्र राज सिंजाली रत्नबहादुर सिंजाली बढी घाइते छन् । अरु तीनजनाको अवस्था सामान्य […]

रामेछापमा राति ८ बजेपछि देउसीभैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारमा राति ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले कोभिड संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले तिहार मनाउँदा,देउसी भैलो खेल्दा अनिवार्य रूपमा मास्कको […]

रामेछापमा नेपाली कांग्रेसको अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग

हालै सम्पन्न नेपाली कांग्रेस रामेछाप जिल्ला अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समितिसमक्ष पुनःमतगणनाको माग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हँुदा पुनः मतगणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो । […]

सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना डुबान पीडितले मुआब्जा पाएनन्

राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट डुबानमा पर्ने भनी दुई वर्षदेखि रोक्का राखेको जग्गाको मुआव्जा नदिएको बताएका छन् । ‘सिन्धुली जिल्लामा जग्गा अधिग्रहण गरी मुआब्जा र क्षतिपूर्ति वितरण भइसक्यो,’ मन्थली नगरपालिका ६ हात्तीटारका बृहस्पति माझीले भने, ‘तर रामेछापतर्फको डुबान हुने जग्गाको मुआब्जा वितरण त परै जावस् निर्धारणसमेत गरीएको छैन ।’ जग्गा अधिग्रहणका लागि झन्डै […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको […]