नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनुभएको नेपाली काँग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक राधा घलेले जानकारी दिनुभयो । १ सय ९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार