बामदेव गौतम राष्ट्रियसभामा सिफारिस

सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को हिजोको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । तत्कालीन अर्थमन्त्री समेत रहनुभएका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई […]

असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन हुने

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड सहित असोज ५ गतेबाटसार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन […]

लिखुतामाकोशी गाउँपालिकाले खर्च गर्यो कोरोना रोकथामका लागि २७ लाख

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा २७ लाख खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा सो बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय प्रकाश रायले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिदमा लगभग १७ […]

मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ? मलमासमा यौन किन बन्देज छ ? (भिडियो)

आउदो असोज २ गतेदेखि मलमास सुरु हुँदै छ । एक महिनासम्मको समयलाई अधिक मास भनिन्छ ।  अधिकमास अर्थात मलमासको बेला विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता भएकाले नयाँ दुलहीहरु माइत जान्छन् । आखिर मलमास के हो त ? यसलाई अन्य महिनाहरुभन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिक मास किन पर्छ त ? अधिक मासलाई […]

कोरोना रोकथामका लागि दोरम्बा गाउँपालिकाको खर्च १५ लाख

रामेछापको दोरम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा जम्मा १५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा १५ लाख रुपैयाँ बराबरको रकम खर्च गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट ९ लाख रुपैयाँ खर्च गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ । […]

रामेछापका थप २ पुरुषमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिका वडा नम्बर ३ का ५३ वर्षका पुरुष र दोरम्बा गाउँपालिका वडा नम्बर ४ का २० वर्षका पुरुषमा […]

देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा नौ हजार एक सय ६५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ । त्यसैगरी आइतबार ११ सय […]

रामेछापमा ३७ जना क्वारेन्टिनमा , हालसम्म ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३७ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र ३० जना पुरुष गरी ३७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , मन्थली नगरपालिकामा ४ , उमाकुण्ड गाउँपालिकामा ४ , गोकुलगंगा गाउँपालिकामा १९ र लिखुतामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ३७ जना क्वारेन्टिनमा रहेका […]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्दै

नोवेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन् भन्ने विवरण संकलन गर्न लागेको हो ।विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा […]

कोरोनाको कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।  गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको […]