कोरोना रोकथामका लागि दोरम्बा गाउँपालिकाको खर्च १५ लाख

कोरोना रोकथामका लागि दोरम्बा गाउँपालिकाको खर्च १५ लाख

रामेछापको दोरम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा जम्मा १५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा १५ लाख रुपैयाँ बराबरको रकम खर्च गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट ९ लाख रुपैयाँ खर्च गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ ।

उक्त रकम आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतका शीर्षकमा खर्च गरिएको दोरम्बा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल भट्टराईले जानकारी दिनुभयो ।

संयोजक भट्टराईका अनुसार पालिका अन्तर्गत कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु लगायतको केही दिनको तलब कटौतीबाट जम्मा भएको ७ लाख रुपैयाँ रकमबाट सरकारले जारी गरेको लक डाउनका समयमा राजधानीमा अलपत्र परेका नागरिकहरुको उद्वारमा खर्च गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार