रामेछापमा ३७ जना क्वारेन्टिनमा , हालसम्म ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ

रामेछापमा ३७ जना क्वारेन्टिनमा , हालसम्म ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३७ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र ३० जना पुरुष गरी ३७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , मन्थली नगरपालिकामा ४ , उमाकुण्ड गाउँपालिकामा ४ , गोकुलगंगा गाउँपालिकामा १९ र लिखुतामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ३७ जना क्वारेन्टिनमा रहेका छन् । दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

हालसम्म ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ

रामेछाप जिल्लामा आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित १८ जनाको उपचार भैरहेको छ । १८ जना मध्ये ४ जना होम आईसोलेशन , २ जना प्रहरी हिरासत र १० जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा १३४, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १३ सय २९ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार