रामेछापका १ सहित कोरोना सङ्क्रमणबाट एकैदिन १९ जनाको मृत्यु

रामेछापका १ सहित कोरोना सङ्क्रमणबाट एकैदिन १९ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट रामेछाप जिल्लाका १ जनाको पुरुषको मृत्यु भएको छ । रामेछाप जिल्ला घर भएका उक्त मृतक पुरुषको पुरा विवरण संकलनको काम भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ । हिजो एकैदिन देशका विभिन्न जिल्लामा १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २÷२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एकरएक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै मृत्युको घटना पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार