सोनाम ल्होछार मनाउन रामेछापका २ स्थानिय तहले दिए विदा

सोनाम ल्होछार मनाउन रामेछापका २ स्थानिय तहले दिए विदा

तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व मनाउनका लागि रामेछापका २ वटा स्थानिय तहहरुले सार्वजनिक विदा दिएका छन । रामेछापको सुनापती र खाँडादेवी गाउँपालिकाले विदा दिएका हुन । सुनापती गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णंय गरेको छ । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते सोनाम ल्होछार मनाउनका लागि भन्दै गाउँपालिकाले माघ २९ देखि फागुन १ गतेसम्मका लागि सार्वजनिक बिदा दिइए हो । यसैगरी रामेछापकै खाँडादेवी गाउँपालिका पनि सोनाम ल्होछार पर्व मनाउनका लागि २ दिन विदा दिने निर्णय गरेको छ । आउँदो माघ ३० गते र फागुन १ गते विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार