कामको योजना पेश गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्री जनार्दन शर्माले आफूले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न पनि उहाँले निर्देशन दिनुभयो । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री जनार्दन शर्माले […]

१२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी

सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपअसोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ । फाइजरकै लागि फरक भण्डारण केन्द्र […]

वर्षायाममा सङ्क्रामक रोगबाट बच्न डाक्टरको सुझाव

वर्षायाममा सङ्क्रामक रोगको जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले […]

मन्त्रिपरिषद्ले पर्सिसम्ममा पूर्णता पाउने

मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । आजसम्ममा विस्तार गर्ने तयारी गरेको भएपनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ छ । मगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि […]

सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने […]

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको […]

पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेकोे वरिष्ठ नेता पौडेलको भनाइ

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेको बताउनुभएको छ । उहाँले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्नेमा आफू अडिग भएपनि क्रियाशिल सदस्यता वितरणमा धाँधली हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका जिल्ला सभापतिले हिजो बेलुकी अनशन तोडेका छन् । तर, […]

अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।आजदेखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा […]

नेकपा एमाले विभाजनपछि प्रदेशमा सरकार जोगाउन चुनौती

नेकपा एमाले विभाजन भएपछी प्रदेशमा सरकार जोगाउन चुनौती देखिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा सांसदहरुलाइ आफ्नो पक्षमा पार्न दुबै पक्षले कसरत सुरु गरेका छन् । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भिम आचार्य नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले सांसदहरुलाई विभिन्न खालका प्रलोभन देखाइरहेको छ । सांसदहरुलाई माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा जान नदिन […]

कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो आज विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभयो । मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो । कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा […]