रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा […]

रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी मच्चाबारीमा आगोले एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति जंगलमा लागेको आगोले यम बहादुर मगरको घर पुर्ण रुपमा जलेर नष्ट भएको वडा न ५ का वडाअध्यक्ष नविन कार्की रबिनले जानकारी दिनुभयो । यम बहादुरले पालेको एउटा गोरु समेत आगोमा परेर जलेको छ । नेपाल आर्मी […]

रामेछापको बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको मृत्यु भएको छ । सोमबार साँझ करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले थापामगरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा […]

स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, सुगम पार्नलाई तीन जनालाई नियुक्ती नै दिएनन्

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा […]

‘हनी ट्रयाप’मा पारेर लुटपाट गर्ने रामेछापका २ सहित ६ जना पक्राउ

हनी ट्रयापिङमा पारेर भारतीय नागरिकलाई लुटपाट गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी, रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा दार्जे थिङ, […]

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० […]

सालकको खपटासहित रामेछापकी एक महिला पक्राउ

नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई […]

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी […]

सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा सोलुका धावक सुमन कुलुङ प्रथम

रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो । सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका […]

रामेछाप शैलुङ्गमा शनिबार अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै

रामेछापको शैलुङ्गमा अन्तराष्ट्रिय अल्ट्रा म्याराथन हुने भएको छ । यहि चैत ४ गते शनिबार शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने जिल्ला खेलकुल समितिले जानकारी दिएको छ । ५५ किलोमिटर,२५ किलोमिटर र ५ किलोमिटरको म्याराथन दौड प्रतियोगिता हुने छ । जसअन्तरगत ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी […]