दुई जना फरार अभियुक्त रामेछापबाट पक्राउ

रामेछाप प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कुटपिट र जवरजस्ती करणी मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका हुन । प्रहरीले कुटपिट अंगभंग मुद्धाको फरार अभियुक्त रामेछाप नगरपालिका–५ का ३२ वर्षीय दिप कुमार तामाङ र जवरजस्ती करणी मुद्धाको प्रतिवादी लिखु तामाकोशी गाउँपालिका ३ का ४९ वर्षीय सिंग बहादुर कामीलाई पक्राउ गरेको हो । […]

नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

रामेछाप जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए । शेर्पा २०७० मा कांग्रेसका […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा २०७० मा कांग्रेसका […]

सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेको भन्दै ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङ विरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् । यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको […]

रामेछाप स्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् । भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उनको खोजी कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ […]

रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४, गैह्राथोककी १० वर्षीया बालिका महनकुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी भक्तबहादुर बलम्पाखीकी छोरी हुन् । बुधबार घरमा कोही नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिँचाइ पोखरीमा पसेकी थिइन् । बालिका पोखरीमा डुबेको खबर पाउनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पुर्‍याइएको थियो […]

उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी सिक्ने क्रममा दुर्घटना भएको हो । बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएपनि उहाँ भने सकुशल हुनुहुन्छ । अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको गाडीको अगाडीको […]

रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट […]

जिल्ला प्रशासन कार्यालय रामेछाप सार्वजनिक बिदाका दिन पनि खुल्ने

जिल्ला प्रशासन कार्यालय रामेछापलले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिने भएको छ। उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले सूचना मार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका श्रीकृष्ण जन्माष्टम, […]

रामेछापका पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम

रामेछाप जिल्लामा रहेर पत्रकारीता गरिरहेका क्रियासिल पत्रकारहरुलाई अनलाईन प्रविधिमा आधारित तालिम दिइएको छ । रेडियो,अनलाईन र पत्रिकामा कार्यरत विभिन्न पत्रकारहरुलाई तालिम दिइएको हो । नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाको सहयोगमा तालिम दिइएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो । उक्त तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले जिल्लामा […]