बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम

बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम

“बालबालिकामा गरेको लगानी,ल्याउँछ सुनौलो विहानी” भन्ने मुल नाराका साथ केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सव २०८० को सन्दर्भमा ८ नं. वडा कार्यालयको समन्वय तथा बाल सञ्जालको आयोजनामा अन्तर बाल समुहहरु विच बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रबार(आज) रामेछाप नगरपालिका वडा नं. ८ रामेछाप बजारमा सम्पन्न भएको छ ।

लोक गित प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम, बालमन्दिर बाल समुह द्धितिय, मलागिरी बाल समुह तृतिय र राधाकृष्ण बाल समुह सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय साथै प्रमाणपत्र प्रदान गरिएको छ ।

गंगालाल बाल समुह, बालमन्दिर बाल समुह, गौरीशंकर बाल समुह, सिद्धेश्वर बाल समुह, केवलेश्वर बाल समुह, राधाकृष्ण बाल समुह, मलागिरी बाल समुह, लालीगुँराँस बाल समुहले सहभागिता जनाएका थिए । निर्णायक मण्डलमा रामेछाप नगरपालिकाका कृषि विकास शाखाका कृषि अधिकृत रश्मी काफ्ले, शिक्षा शाखाका प्राविधिक सहायक श्रवण शर्मा र न्यायिक समितिका कानुनी सहजकर्ता विन्दा मगर हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामेछाप नगरपालिकालाई २०८१ चैत्र मसान्त भित्र बालमैत्री नगर घोषणा गर्नको लागि बालबालिकाको पनि अहम भुमिका हुने भएकोले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले बालबालिकाको हकहितका लागि उनिहरु आफै धेरै जान्ने बुझ्ने भैसकेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागिता जनाउनका लागी मात्र नभई विद्यालयमा शिक्षक, अभिभावक र अन्य विद्यार्थीको विचमा पनि यि कुराहरु प्रस्तुत गर्न र गितमा भनेजस्तै आफ्नो जिवनमा अनुशासन लागु गर्न आग्रह गर्नुभयो ।

रामेछाप नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले वडामा घटेका कुनै पनि नकारात्मक कुराहरु तुरुन्त जानकारी गराउन यस्ता प्रतियोगिताहरुले धेरै सहयोग गर्ने बताउनुभयो । उहाँले बालबालिकाको हकहितको लागि उनिहरुको आवाज बुलन्द भएर आउनु यो नै बालमैत्री नगर घोषणाको तयारीको क्रममा उपलब्धीमुलक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार