जनमत संग्रहद्धारा ब्यवस्था परिवर्तन जरुरी : सुवर्ण सी

जनमत संग्रहद्धारा ब्यवस्था परिवर्तन जरुरी : सुवर्ण सी

नेकपाका केन्द्रिय सदस्य सुर्वण सीले समाज श्रमिकहरुको समस्या समाधान गर्न बर्तमान ब्यवस्था असफल भईसकेको भन्दै जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको वताएका छन् । सो कुरा उहाँले बुधबार सदरमुकाम मन्थलीमा आयोजित परिवर्तित सन्र्दर्भमा श्रमिक समुदायको अवस्था र दायीत्व विषयक अन्र्तरक्रिया कार्यक्रमका अवसरुमा बताउनुभयो ।

जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको भन्दै यसो हुन नसके सम्म श्रमिकहरुको अवस्थामा परिवर्तन सम्भव नरहेको पनि केन्द्रिय सदस्य केन्द्रिय सदस्य सुवर्णले बताउनुभयो । सो क्रममा केन्द्रिय सदस्य सुर्वण सिले आफनो पार्टिको नबौ महाधिबेसनले जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी गर्नु जरुरी रहेको भन्दै यसमा नमिलेका र अपुग कुराहरुला थप्दै र सुधार गर्दे जान पनि सकिने भन्दै यसका लागि सबै विचार र दृष्टिकोण मिल्ने पार्टिहरु एक जुट भएर अघि बढ्न सकिने धारणा राख्नुभयो । त्यसका लागि केन्द्रिय तहमा समाजबादी मोर्चा निर्माण गरेर अभियान आरम्भ भई सकेको पनि केन्द्रीय सदस्य सिले बताउनुभयो ।

उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै पार्टिका जिल्ला ईन्चर्ज ईन्द्र श्रेष्ठले ब्यवस्था परिवर्तनका लागि लड््दै आएको आफनो पार्टिले २,२ बर्ष प्रतिवन्ध समेत ब्यहोर्नु परेको स्मरण गर्दे परिवर्तनका लागि कम्युनिष्ट पार्टिका प्रत्यक नेता कार्यकर्ताहरुले श्रम संग जोडिनु पर्ने धारणा राख्नुभयो । सो क्रममा ईन्चार्ज श्रेष्ठले बर्तमान राज्य शक्तिबाट श्रमिक र सर्वहार वर्गको अवस्थामा परिवर्तन सम्भब नरहेको भन्दै त्यसका लागि विचार मिल्ने सबै राजनितिक शक्तिहरुलाई आफनो पार्टिले निर्माण गरेको चार दलिय मोर्चामा आवद्ध रहेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

पार्टिका अन्य नेताहरु समेतले सम्बोधन गरेको र श्रमिक तथा विद्यार्थिहरुको समेत उल्लेखनिय उपस्थिीति रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासँघका अध्यक्ष बद्री नयाँघरे, नेपाल वारका अध्यक्ष पाण्डब प्रसाई, एकिकृत माओवादीका उद्धव रम्तेल,नेकपाका लाङ्गाली मगर,राप्रपाका अध्यक्ष रामचन्द्र कडेल, लगायतका बक्ताहरुले पनि आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार