कहरहरुकाे घना पर्खालबीच
उसलाई म प्रत्यक्ष
महसुस गर्छु
तर म अनुभूतिकाे त्याे साँध
मिचेर
जब सम्झन्छु उसलाई
फगत् घुमिरहन्छ उसको
धुमिल आकृतिहरु
अनि फेरि झस्किन्छु म
निष्पट्ट निशाहरुमा
छट्पटाई छट्पटाई
ऐया ऐठन चीत्कार व्याप्त
समयहरुकाे
क्रन्दनहरुले भरिएको पीडामा
तब म प्रतिशाेधमा हुन्छु अनि
म आफ्नाे विरुद्ध आफैँ
प्रतिराेधमा उभिन्छु
म गर्न खाेज्छु शमन
मेरा जिन्दगीका सबै
लुटिएका माैलिक साैन्दर्यहरुकाे
विरुद्धमा …
तब उही कहरहरुकाे घना पर्खालबीच
धुमिल उज्यालोमा
जब सुस्ताउदैन?ती इतिहासहरु
फेरि सम्झन्छु उसलाई त्यतिखेर
फगत् घुमिरहन्छ
उसकाे उहीँ आकृति
कवि : नवीन गाउँले


