रामेछापको लिखु तामाकोशी – २ सैपुको वडा कार्यालय भवनको उद्घाटन

रामेछापको लिखु तामाकोशी – २ सैपुको वडा कार्यालय भवनको उद्घाटन

रामेछापको लिखु तामाकोशी – २ सैपुको वडा कार्यालय भवनको उद्घाटन भएको छ। वडाको भवन निर्माण सम्पन्न भइसकेकाले लिखु तामाकोशीका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रिन लगायतले उद्घाटन गरेको वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।

संघीय संरचना अनुसार स्थानीय तह बनेपछि यसअघि नमुनादीप युवा क्लबको सामुदायिक सूचना केन्द्रबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। अघिल्लो कार्यकालमा भवन बनाउन नसकेको भन्दै जनप्रतिनिधिले आलोचना खेपेका थिए। भवन निर्माणपछि वडाअध्यक्ष पौडेलले भने, ‘वडा कार्यालयको प्रशासनिक भवन निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’

नवनिर्मित भवनबाट सेवा प्रवाह पनि भइसकेको छ। वडाको करिब १ करोड रुपैयाँको बजेटमा भवन निर्माण भएको हो। साढे २ तले भवनमा १० वटा कोठा रहेका छन्। क्वाटरको व्यवस्थारहित, भुई तलमा ४ र माथिल्लो तलामा ४ कोठा रहेका छन्।

पौडेलले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए। वडा कार्यालयमा विभिन्न चित्रसहित भित्ते लेखन स्थानीय विनोद कार्कीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार