९ महिनामा मन्थली नगरपालिकाको पुँजीगत खर्च २१.०७ प्रतिशत मात्रै

९ महिनामा मन्थली नगरपालिकाको पुँजीगत खर्च २१.०७ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । बुधबार वडा नं ८ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबर्षी सापकोटाले सो कुराको जानकारी गराउनुभयो ।

ठेक्काका कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उहाँले बताउनुभयो । प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकिय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत रहेको बताउनुभयो ।

नगरपालिकाबाट सन्चालन हुने जम्मा ६ सय योजनामध्ये उपभोक्ता समिति मार्फत संचालन हुने ५ सय ४४ वडा योजनाहरु रहेका र यी मध्ये ३ सय ९८ वटा अर्थात करिब ६७ प्रतिशत सम्झौता सम्पन्न भएको बताइएको छ । १ सय ८७ वटा योजनाको भुक्तानी भईसकेको र १२ वटा योजनाको भुक्तानी हुने चरणमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित नगरलाई सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए ।

नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र वडाअध्यक्षहरुले दिनुभयो । एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरीकहरुले स्वास्थ्य,कृषि,पशु जस्ता सेवाहरु गाउमै पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार