नयाँ बर्षका लागि – कविता

नयाँ बर्षका लागि – कविता

नयाँ बर्षले
मेराे माैनतालाई
कतैबाट घाेच्छ
अघिल्तिर देखिएका
रित्ता र खाेक्रा युगहरु
हामीले भाेग्याै
हामीले देख्यौं

सायद हामीले गीत गायाैँ
एउटा लयदार संगीत
एउटा अर्थपूर्ण मुस्कान
नयाँ बर्षका लागि
अब चुपचाप सहनु छ
बुद्ध र क्राइष्टकाे आँखामा
आदिम अनुहार झै।

आस्थाका सड्दै गइरहेको अवयव
पुरातन् चिन्तनहरुलाई
अब बहिष्कार गर्नुछ
फूलकाे मुस्कान चाेरेर भए पनि
हामी मुस्कुराउनु सक्नु पर्छ
क्रुरुप इतिहासलाई सहेर
वर्तमानमा रमाउनु सक्नुपर्छ
निश्क्रिय र निरर्थक समयमा
उज्यालोकाे दियाे बालेर
खाेजी गर्नु पर्छ सत्यको बिहानी

तर थाहा छ मलाई
प्राप्तिकाे भ्रम हुन सक्छ
निरासा हुन विकल्प नभएपछि
आशावादी भएको छु
नयाँ बर्षका लागि

_ कवि नवीन गाउँले 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार