रामेछाप नगरपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ नगरपालिकाको योजना

रामेछाप नगरपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ नगरपालिकाको योजना

रामेछापको रामेछाप नगरपालिका प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक नगरपालिका हो । यो नगरपालिकाका धेरै ठाउँहरुमा धार्मिक ,ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेका छन । ९ वटा वडाहरु रहेको यस नगरपालिका धार्मिक,ऐतिहासि र पर्यटकिय सुन्दरताले भरिपूर्ण छ ।

श्री स्वथानी व्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्यु भएपछि उनको मृत शरिरलाई बोकेर हिँड्ने क्रममा एउटा अंग पतन भएर उत्पती भएको केवलेश्वर महादेव मन्दिर पनि यहि नगरपालिकामै पर्छ । वडा नं ८ मा रहेको केवलेश्वर महादेव मन्दिर धार्मिक रुपमा प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा पुजाआजा गरेर मागेको कुरा पुरा हुने जनविश्वास छ ।

वडा नं ८ मै तिल्केस्थान गढी रहेको छ । राजा पृथ्वीनारायण शाहले अंग्रेज फौजसँगको लडाईका बेला यदि सिन्धुलीगढी किल्ला हारेमा त्यसको विकल्पका रूपमा तिल्केस्थान गढी (किल्ला) बनाउन लगाएका थिए भन्ने कुरा बुढापाकाहरु बताउछन । यदि सिन्धुली गढीबाट अंग्रेजहरु अघि बढेको खण्डमा तिल्केस्थान गढीबाट त्यसको प्रतिकार गर्ने उदेश्यले त्यहाँ ठूला ठूला बङ्कर बनाईएका थिए । ती बङ्करहरु अहिले पनि छन् ।

वडा नं ८ मै बालकन्या देवी र शिव पन्चायन मन्दिर रहेको छ । यि मन्दिरहरुमा पनि भक्तजनहरुको भिड लाग्ने गरेको छ । वडा नं ८ मै डान्सिङ्ग गणेश र डुकुरसिंङ्ग डाँडा समेत रहेको छ । सहिद पुष्पलाल तथा गंगालालको जन्मस्थल भंगेरी पनि यहाँको एउटा ऐतिहासिक ठाउँ हो । नगरपालिकाको वडा नं ९ मा भिमसेन थान मन्दिर रहेको छ । सदियौँ पुरानो यो मन्दिरमा मागेको वर प्राप्त हुने जनविश्वास छ ।

रामेछाप नगरपालिका ७ मा हायु जातिहरुले मान्दै आएको महाकाली देवीको मन्दिर छ । निकै ठलो रुखको फेदमा देवीको पुजाआजा हँदै आएको छ । आजभोली अन्य विभिन्न जातजातिका मानिसहरु पनि मनोकांक्षा पुरा हुने जनविश्वासका साथ यहाँ आउने गरेका छन । सोही वडामा ताराखसे पोखरी,तारकेश्वर महादेवको मन्दिर पनि रहेको छ ।

जवानामा तारा खसेर बनेको विशाल पोखरीको केही स्वरुप अझै पनि देख्न सकिन्छ । पोखरी नजिकै तारकेश्वर महादेवको मन्दिर समेत निर्माण गरिएको छ । यो ठाउँ पनि उच्च पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । वडा नं ७ मै भालुखोप डाँडा,भालुखोप भ्युटावर लगायतका विभिन्न पर्यटकीय स्थलहरु रहेका छन ।

वडा नं ६ मा गणेशटार मन्दिर रहेको छ । मन्दिर नजिकै पाप,धर्म छुट्टयाउने जनविश्वस सहितको एउटा विशाल ढुंगा रहेको छ । ढुंगाको चेपबाट पापी मानिसहरु छिर्न गर्न सक्दैनन् । धर्म गर्ने मानिसहरु मात्रै छिर्न सक्छन भन्ने पुरानो मान्यता छ । यो एउटा राम्रो धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ हो ।

जुनार पकेट क्षेत्र यस वडामा घुम्न लायक जुनारको बगैँचाहरु रहेका छन । रामेछाप नगरपालिकाको वडा नं ४ मा घुमाउने पोखरी पर्यटकीय स्थल रहेको छ । मगर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा हुने हरेक कार्यक्रमहरु सोही ठाउँमा हुँदै आएको छ । यसभन्दा बाहेक अन्य वडाहरुको विभिन्न ठाउँमा मठ,मन्दिर,गुम्बा तथा चैत्यहरुको रहेका छन ।

पर्यटन प्रबद्र्धनमा रामेछाप नगरपालिकाको योजना

नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न धार्मिक,ऐतिहासि तथा पर्यटकीय ठाउँहरुको सम्बद्र्धन र संरक्षणमा नगरपालिकाले विभिन्न योजनाहरु बनाएको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले यस्ता ठाउँहरुको संरक्षण र सम्बद्र्धनमा विभिन्न कामहरु गरिरहेको बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ५ मा ५३ फिट अग्लो बुद्धको मुर्ती बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । बुद्धको मुर्ति निर्माणको लागी बजेट समेत विनियोजन भइसकेको उहाँले बताउनुभयो ।

वडा नं ४ मा रहेको घुमाउने पोखरी पर्यटकिय क्षेत्रमा मगर सांस्कृतिक संग्राहलय बनाउने योजना रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । तामाङ्ग साँस्कृतिक संंग्राहलय निर्माणको लागी बाग्मती प्रदेश सरकारबाट बजेट विनियोजन भएको र सो संग्राहलय वडा नं ५ रामपुरमा निर्माण हुने उहाँले जानकारी दिनुभयो । हायु सांस्कृतिक संग्राहलय निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार