स्वास्थ्यकर्मी संघद्धारा अनाथलाई वालवालिकालाई स्वास्थ्य सामाग्री बितरण

स्वास्थ्यकर्मी संघद्धारा अनाथलाई वालवालिकालाई स्वास्थ्य सामाग्री बितरण

स्वास्थ्य समाचार
रुपन्देही २४ जेठ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरेर २८ औ स्थापना दिवश मनाएको छ ।

स्थापना दिवशका अबसरमा संघले आज आत्मशान्ती अनाथ आश्रम मणिग्रामका बालबालिकालाइ व्यक्तिगत सरसफाइका सामाग्री सहित कपडा बितरण गरेको हो ।

एक कार्यक्रमका बिच नेपाली काँग्रेसका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, स्वास्थ्यकर्मी संघका केन्द्रिय सचिव नमनारायण बेल्बासे लगायतले बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरे।स्वस्थ समाज निर्माणकालागि बालबालिकाहरुलाइ स्वस्थ र निरोगी बनाउनु पर्ने भएकाले असाहय र अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री बितरण गरीएको संघका अध्यक्ष रामप्रसाद ढकालले वताए।

कार्यक्रममा काँग्रेस सभापति रज्जाक, सचिव खाँण,नगर सभापती हरीलाल पाण्डे,संघका केन्द्रिय सचिव बेल्बासे, शिक्षक संघका अध्यक्ष कुल प्रसाद लामीछाने,संयोजक मदन पोखरेल लगायतले सुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार