रामेछापको रामेछाप नगरपालिकामा शनिबारदेखि जिल्लामै पहिलो पटक सम्पदा पद यात्रा सुरु भएको छ । यो पद यात्रा दुई दिन सम्म चल्ने छ । यो पद यात्राले नगरपालिकामा रहेका पर्यटकिय,धर्मिक तथा ऐतिहासिक स्थलहरुलाई चिनाउन विशेष भूमिका खेल्ने नगरपालिकाले विश्वास लिएका छ ।
नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पद यात्रा मार्फत चिनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक पदयात्रा सुरु गरिएको नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । वडा नं ९ को ल्याङल्याङ स्थित ऐतिहासिक महत्व बोकेको भिमशेनथान मन्दिर परिसरबाट पद यात्रा शुभारम्भ भएको छ ।
सोमबार पहिलो दिन भिमशेनथान मन्दिर हुँदै,डुकुरसिं डाँडा,डान्सिङ्ग गणेश,तिल्केथान गढी,भंगेरी हुँदै रामेछाप बजारसम्मको पदयात्रा सम्पन्न भएको छ । आईतबार वडा नं ६ र ७ मा रहेका विभिन्न पर्यटकिय ठाउँहहरुको पदयात्रा हुनेछ । पदयात्रामा एक सय पचासभन्दा बढी पदयात्रीहरु सहभागि रहेका छन ।


