काठमाडौ । रामेछाप जिल्ला रास्वपा गोकुलगंगा गाउँपालिकाले स्थानीय निर्वाचनमा क्यान्डिडेट क्लबका आकांक्षी तथा पार्टीको संगठन सुद्धिकरण, विस्तार गर्ने उदेश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला उपसभापति मोहन कार्कीले आफ्नो धारणा राख्दै भन्नुभएको छ, “आज राष्ट्रिय स्वतन्त्र पार्टीको मूख्य काम भनेको देशका सवै नागरिकलाई एक ठाउँमा जोड्न सक्ने तागत भएको नेतृत्व छान्न सवै लाग्नुपर्छ, भलै यतिवेला रास्वपाको सरकार छ । त्योभन्दा पनि माथि उठेर देशको हितमा सोच्न, काम गर्न, स्पष्ट दृष्टिकोण भएको साझा व्याक्तित्व नै आउदो स्थानीय निर्वाचनमा रास्वपाले छान्नुपर्ने बताउनु भएको छ ।
त्यति मात्र होइन । भोलिका दिनमा गाउँपालिका भित्रका जनप्रतिनिधिले जनताको कामलाई सेवा दिन निस्वार्थ, पारदर्शी ढंगवाट काम गर्नसक्ने इमान्दार, कर्तव्यनिष्ठ साथसाथै सम्भावनका सवै उपलब्ध स्रोत साधन प्रयोग गरी परिणाम देखाउन सकुन् । अर्को महत्वपूर्ण स्वपाका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले स्थानीय तहमा नेतृत्व गर्ने उम्मेद्धार गैर दलीय हुनुपर्छ भनेर त्यसको लागि अध्ययन भईरहेको भन्नु भएको छ । यस्तो महत्वपूर्ण अध्ययनलाई समेत ध्यान दिन सवैमा आनुरोध गर्दछु ।” कार्यक्रममा सम्बोधन गर्दै कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलगंगा गाउँपालिकाका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।”
कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्षका आकाक्षी तथा वडाका आकाक्षीहरुलाई आफ्ना धारणा राख्न दिएको थियो । अधिकांसले अब्बल, समाजिक रुपमा काम गर्न सक्ने नेतृत्व नै छान्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा गोकुलगंगा गाउँपाकिला भित्रका प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।


