_कवि नवीन गाउँले
त्याे सहरकाे सिउँदाेबाट
बगिरहेछ निलाे आकाशकाे गहिराइ
आँसुले भरिएको आँखामा
पसिनाहरु बदलिएर
बगिरहेछ रगत आलाे रातै
हृदयहरु बदलिएर
राताे नदीजस्तै बगिरहेछ
शङ्ख ध्वनि हैन?
शाेक धूनहरु बजिरहेकै छ
प्रत्येक मन्दिरहरुकाे
दायाँबायाँ चारैतिर
सायद हजारौं आँखा छेक्नका लागि
हजारौं आँखाभरि
मृत्युको सङ्गीत
निरुत्तर बजिरहेको थियाे
त्याे युगाै युगको पुरानो यातना
त्याे सहरकाे सिउँदाेबाट
पुनर्जीवित गर्नुपर्ने छ
मन्दिरहरुकाे शाेक धूनहरुलाई
सङ्गीतकाे धूनहरुमा
एउटा सपनाकाे सहर
विहानी गीतकाे खाेजीमा छु
अहिले म सपनाकाे अन्तिम विन्दुमा
निर्वासित अाँखा लिएर
त्याे सहरकाे सिउँदाेमा
अादिवासी खेती गर्दैछु
मिथक जस्ताे बनेकाे छ
काल्पनिक उडानहरुकाे
अवश्य एकदिन
त्याे अँध्याराेबाट
उज्यालाे खाेज्नेछु
जलिरहेकाे अात्माहरुकाे


