अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीको खोजी सुरु

अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीको खोजी सुरु

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनुभएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो । अर्थमन्त्री खतिवडाले आफूले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनुपर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उहाँको दाबी छ । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मान्नुभएको छ । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा हुनुभएको हो । यससँगै अब नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार