नेपाली काङ्ग्रेस सम्बद्ध लोकतन्त्रवादि आदिवासी जनजाति महासंघको केन्द्रिय अधिबेशन असार ११ गतेदेखि चलिरहेको छ । नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा र आफ्नो टिमको हनुमान खोज्ने क्रम पनि जारी हुनुपर्छ ।
नेपाली काङ्ग्रेसको भातृ सस्थाहरुको अधिबेशन नभएको र टिके प्रथाले जरा गाडेको एक दशक नाघिसक्यो र अरु थप मलजल गर्ने र टिके प्रथालाई नै निरन्तरता दिने र हनुमानहरुको खंख्या बढाउने जुन सिलसिला केन्द्रिय नेतृत्वहरुबाट चलिरहेको थियोे यो क्रमलाई भङ्ग गर्न लोकतन्त्रबादी आदिवासी जनजातिको अध्यक्ष ओम घर्ती मगरले साहस गरेको देखिन्छ ।
यो नेपाली काङ्ग्रेसको भातृ सस्था मध्य लगभग ६१ जातजातिहरु अटाएका मुल सस्थाको रुपमा पनि महत्त्वपूर्ण थियोे । यस्को नेतृत्व आउने जाने क्रम आफ्नो नाम अनुसार पनि लोकतान्त्रिक विधि अनुसार हुनु अनिवार्य हुनुपथ्यो तर जिल्ला जिल्लाबाट आउने प्रतिनिधि जिल्ला अधिबेशन गर्ने जुन तौर तरिका अनि नेतृत्वमा रहेका नेताहरूले गिजलेको देख्दा हामी इमान्दार कार्यकर्ताहरुमा नैराश्यता उत्पन्न हुनु किमार्थ राम्रो लक्ष्यण होइन । अपबाद बाहेक हेर्ने हो भने डनवाद,धनवाद,मसलवादहरुनै हाबी भएको चित्रण देखिन्छ ।
यो लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ होइन अधिनायकबादी आदिवासी जनजाती महासंघ भन्दा फरक छैन । नेपाल आधुनिक समाजको निर्माण अधिनायकवाद र सामन्तबादको अन्त्य गर्ने जुन उदेश्यका साथ नेपाली काङ्ग्रेसको जन्म भएको थियोे र आफ्नो जन्म कालखण्डमा यो पार्टीले ऐतिहासिक जिम्मेवारी निर्वाह गरेर आफुलाइ दुनियाँकै अब्बल लोकतान्त्रिक पार्टीको रूपमा नेपाली जनताका सामु उभ्याउन सफल रहेको थियोे ।
आजसम्म पनि त्यहि ऐतिहासिक आन्दोलन नेपाली जनताको बलिदान र यो पार्टीमा लागेर आफ्नो सर्बस्व गुमाउँदै जनताका लागी लडेका नेताहरुको विरगाथाले सिन्चित यो पार्टी अनि इतिहासले ऐतिहासिक जिम्मेवारी पनि नेपाली काङ्ग्रेसलाई सुम्पेको र आफ्नो अहम त्यो जिम्मेवारीको भुमिका जिम्मेवारका साथ निर्वाह गरेर जहानिया शासन राजाको निरङ्कुस पन्च्यायती ब्यबस्था मात्रै होइन तीन सय बर्ष देखि अनवरत नेपाली जनतामाथी शासन गरेको राजा फ्याँकेर गणतन्त्र ल्याउन सफल इतिहास रचेको नेपाली काङ्ग्रेस पार्टी भन्न गर्बिलो अनुभुती दिलाउछ ।
नेपाली काङ्ग्रेसले हरेक जातजाति बर्ग लिङ्ग समुदायका हक अधिकारका प्राप्ति र राज्य सन्चालन गर्ने ठाउँसम्म पुगोस । पछाडि परेको अल्प संख्यक होस या दलित समुदाय होस उनिहरुकै नेतृत्वमा समुन्नत नेपाल निर्माण होस भनेरै नेपाली काङ्ग्रेस सम्बद्ध भातृ सस्थाको अवधारणा अनुरुप विभिन्न भातृसंघहरु क्रियाशिल छन ।
यसै सन्दर्भमा रामेछाप जिल्लाका पनि थुप्रै योद्धाहरुले प्रजातान्त्रिक ब्यबस्थाका लागि बलिदान दिएका छन । कठजोरका पद्म शङ्कर अधिकारी,बेथानका शिव बहादुर खड्का,ओख्रेनिका बलबहादुर पाख्रिन,मिनबहादुर भन्डारी लगायत थुप्रै नेताहरु अग्रपंक्तिमा थिए । नेपाली काङ्ग्रेस पार्टीमा लागेर सर्वस्व गुमाएर बसिरहेका अझै थुप्रै योद्धाहरु कुना काप्चामा गुमनाम छन ।
यसै सन्दर्भमा रामेछाप जिल्लामा पनि लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको अधिबेशन हुने चर्चा परिचर्चाले जिल्लामा आदिवासी जनजाति नेताकार्यकर्ताहरुमा छुट्टै रौनक हौसला नेतृत्व बिकासका लागि आफुलाइ तयार गर्दै थियोे । निक्कै राम्रो बाताबरण निर्माण हुँदै थियो । एक खालको खुसी अभिब्यक्त भैरहेको थियो ।
यसै सन्दर्भमा रामेछाप जिल्लाका नेताहरुलाइ आदिवासी जनजातिको अधिबेशनबाट आफ्ना हनुमानलाई कसरी नेतृत्वमा पुर्याउने र आफ्नो उदेश्य कसरी पूरा गर्ने भन्ने कुटिल चिन्ताले सतायो र भित्रभित्रै आ आफ्ना रणनीति बनाउन लागे । दुबैतर्फ आफू अनुकुल नेतृत्व हत्याउने ध्याउन्नमा व्यस्त हुँदा सायद आज रामेछाप काङ्ग्रेस थिलोथिलो भएर उठ्नै नसक्ने ठाउँमा पुगेको छ । नेपाली काङ्ग्रेसको प्राबिधिक नेतृत्व त बनेको छ तर त्यो संरचना भित्र प्राण्म छैन आत्मा छैन । विस्वास छैन जनताको भरोसा झन बिल्कुलै छैन । छ त केबल शंका छ दरार छ । इगो छ । एक अर्का प्रती घृणा छ । वैमनश्यता र एउटै पार्टीभित्र एकै ठाउँमा उभिने तागत छैन ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला अधिबेशन गाल्पामा तोक्नु तोकाउनु नै आजको घटना परिघटनाको सुत्रधार हुन । लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको केन्द्रिय अधिबेशनमा सहभागी शून्य भएकोमा लज्जा बोध भैरहेको अबगत् ताजा छ । हामीले बारम्बार गाल्पा अधिबेशनका लागि उपयुक्त ठाउँ होइन (क) प्रदेशका साथीहरूका लागि भूगोलको हिसाबले निक्कै टाढा हो । आउन जान समस्या हुन्छ । सबैजना सहभागी हुने सम्भावना छैन । शान्ती सुरक्षाको हिसाबले पनि गाल्पा ठिक होइन भन्दाभन्दै पनि वर्तमान नेतृत्वले गाल्पामै अधिबेशन गर्ने जुन जिद्दी गरेपछि हाम्रो केही लागेन र अन्ततः हामी सहभागी हुने निर्णय गरे र इमानदारका साथ सहभागी भयौं तर हाम्रो दुर्भाग्यपूर्ण नियत भन्नुपर्छ अधिबेशन हुन सकेन ।
सानो तिनो आशन ग्रहणको झिनो प्राबिधिक कुरालाई पहाड बनाउदै अधिबेशन स्थल युद्ध भुमिमा परिणत गरे त्यो रक्तपात पुर्ण घटनाले महाभारत कथाको झझल्को दिने खालकोे थियोे । आज दुबैतर्फका नेताकार्यकर्ताहरु ज्यान मुद्दा खेप्दै एकले अर्कोलाई फसाउदै जेलको वास बस्दै छन । गोरुको जुधाई बाछाको मिचाइ भैरहेको बर्तमान घटना हाम्रो सामु चित्रण छ । यो घटनालाई मिलाउने जिल्लामा मध्यस्थकर्ता गर्न कोही तयार छैन । आगो निभाउने होइन अरु आगो सल्काउने योजनमा व्यस्त देखिन्छन् र खरानी बेचेर धनी बन्ने ध्याउन्न होला तर सच्चा र इमानदार कार्यकर्ताहरु रानो बिनाको माहुरिको नियती भोगिरहेको यथार्थ हो । उनीहरु यतिबेला धुरु धुरु रुइरहेको छ । उनीहरुको आँसु पुच्ने होइन अझै आफ्नो पक्षमा लाग्ने नलाग्ने फकाउने,धम्काउने क्रम जारी देखिन्छ अझ सकेसम्म आफू राम्रो अर्को पक्ष नराम्रो जिन्दावाद र मुर्दाबादको नारा लाउन जुलुस निकाल्न बेर छैन ।
बर्तमान जिल्ला नेतृत्व होस वा निबर्तमान नेतृत्व होस उहाँहरु ऐतिहासिक कालखण्डमा रामेछाप जिल्लालाई सक्षम नेतृत्व दिएको हुदाहुदैँ पनि बर्तमान समयमा आइपुग्दा समयलेले दिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न असमर्थ त देखियो देखियो,राम्रो गर्न नसकिए पनि नराम्रो चाहिँ नगरे हुन्थ्यो भन्ने आम जनसमुदाय र आम कार्यकर्ताहरुको चाहाना हो ।
यो परिस्थिमा नेपाली काङ्ग्रेसलाई माया गर्ने जनता र इमानदार कार्यकर्ताहरुले यतिखेर सबल,सक्षम सबैको कुरा सुन्ने बुझने नैतिक,चरीत्रवान र आफू सक्नलाइ मन्जुर गर्ने तर बेथितिका विरुद्ध बुलन्द आवाज र कार्यकर्ताको भावना लोकतान्त्रिक विधि विधान सम्मत पार्टी चलाउन सक्ने नेतृत्वको खोजी गरिरहेका छन । कोहि छ त आँट गर्ने युवा पुस्ताका नेताहरू ?
प्रश्न फेरिपनि अनुत्तरित छन । सम्पुर्ण रामेछाप काङ्ग्रेसलाई चेतना भया जय नेपाल !
लेखक नेपाली काङ्ग्रेस बागमती प्रदेश भातृ संघ लोकतन्त्रवादी आदिवासी जनजाति बिभाग सदस्य लालबहादुर तामाङ ।