मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू

मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी […]

जिल्ला अस्पताल रामेछापको शैया भरियो बिरामीले

केही दिनदेखी जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखी अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ड डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरु थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । […]

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ । तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शनिबार र आईतबार गाउँपालिकाको कार्यालय,वडा कार्यालय तथा शैक्षिक […]

रामेछापको सुकाजोरमा शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष कार्यक्रम

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष कार्यक्रम संचालन गरेको छ । वडामा रहेको ७ वटै विद्यालयका शिक्षकलाई नमुना विद्यालयहरुको भ्रमण गराएर ल्याएको वडाले शिक्षकहरुसँग अन्तरकृया कार्यक्रम गरेको हो । रामेछाप नगरपालिकाका प्रबक्ता समेत रहेका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष अन्तरकृया […]

बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम

“बालबालिकामा गरेको लगानी,ल्याउँछ सुनौलो विहानी” भन्ने मुल नाराका साथ केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सव २०८० को सन्दर्भमा ८ नं. वडा कार्यालयको समन्वय तथा बाल सञ्जालको आयोजनामा अन्तर बाल समुहहरु विच बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रबार(आज) रामेछाप नगरपालिका वडा नं. ८ रामेछाप बजारमा सम्पन्न भएको छ । लोक गित प्रतियोगितामा सिद्धेश्वर बाल […]

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन भन्दै २ दिन बिदा दिएको हो । शनिवार तामाङ समुदायको ल्होसार पर्व परेकाले शनिवार बाहेक थप दुई दिन आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिएको पालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो […]

हामीले चुनाबमा गरेका बाचा अनुसारको काम थालनी भएको छ : नगरप्रमुख न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेसँग समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश : तपाइँ नगरप्रमुख बनेको यतिका महिना भयो । पद समालेको अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ? काम गर्दै जाँदा धेरै कुरा हामीले पनि सिक्नुपर्ने र कतिपय कुरा सिकाउनु पर्ने रहेछ भन्ने महसुस भयो । कानूनतः अधिकार प्रत्यायोजन गरिएको भनिएको छ तर अधिकार खासै केही […]

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य […]

जनमत संग्रहद्धारा ब्यवस्था परिवर्तन जरुरी : सुवर्ण सी

नेकपाका केन्द्रिय सदस्य सुर्वण सीले समाज श्रमिकहरुको समस्या समाधान गर्न बर्तमान ब्यवस्था असफल भईसकेको भन्दै जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको वताएका छन् । सो कुरा उहाँले बुधबार सदरमुकाम मन्थलीमा आयोजित परिवर्तित सन्र्दर्भमा श्रमिक समुदायको अवस्था र दायीत्व विषयक अन्र्तरक्रिया कार्यक्रमका अवसरुमा बताउनुभयो । जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको भन्दै यसो हुन […]

रामेछाप मन्थलीमा मन्थली नगरकप भलिवल प्रतियोगिता शुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० बुधबार(आज)आजबाट सदरमुकाम मन्थलीमा शुरु भएको छ । मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा शुरु भएको ३ दिने नगरकप प्रतियोगिताको मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका वीच उद्धघाटन गर्नुभयो । उहाँले उद्धघाटन कार्यक्रममा बोल्दै नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीलाई सहि ढंगले […]