मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी
अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

