नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने

नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ । घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार हालसम्म ५ लाख ५८ हजार निजी आवास पुनर्निर्माण भइसकेको छ । यसमध्ये ७ लाख २५ हजार निजी आवास पुनर्निर्माण हुँदैछ भने ६ लाख ८३ हजार लाभग्राहीको दोस्रो किस्ता भुक्तानीका लागि र ६ लाख २३ हजार लाभग्राहीको तेस्रो किस्ताको भुक्तानीको लागि प्रमाणीकरण गरिसेकेको प्राधिकरणले जनाएको छ । हालसम्म निजी आवासतर्र्फ ९० प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासो सम्बोधन गरेको गरिसकेको छ । यससँगै १ लाख ६ हजार ४ सय ६५ जना लाभग्राही थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार