त्रिभुवन विश्वविद्यालयले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो […]

थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको […]

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, […]

हालसम्म रामेछापका ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ३ सय ८४ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ७ जनामा गरी ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ […]

कोरोनाको जोखिमबीच रामेछापमा लाग्यो हाट (फोटो फिचर)

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ मा हरेक हप्ताको विहिबार हाट लाग्ने गर्छ । कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनको बेला केहि महिना हाट नलागेपनि आज निकै भिडभाडका साथ हाट लागिरहेको छ । हाटमा किनमेल गर्ने र केहि व्यक्तिहरु घुमफिर गर्ने उद्धेश्यका साथ हाट बजारमा आउने गरेका छन । हाटमा […]

रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार २ सय ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७२४, रामेछाप नगरपालिकामा २८८ ,उमाकुण्ड […]

रामेछाप नगरपालिकाका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा आज थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक १७ गते स्वाब पठाइएका रामेछाप नगरपालिका वडा नम्बर ४ का १२ जनामध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्ष २६,२७,८६ र २० का महिला र २४ वर्षका […]

रामेछाप जिल्लाका ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका हालसम्म ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय जनामा गरी ३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका […]

मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । कोरोना भाईरस कोभिड–१९ का कारण रोकिएका माध्यमिक विद्यालय तह कक्षा ११ को परिक्षा आजदेखि सुरु भएको हो । मन्थली नगरपालिका अन्गर्त रहेका ७ वटै माध्यमिक विद्यालयहरुले कोरोनाका कारण रोकिएको कक्षा ११ को वार्षिक परिक्षा आज बिहान ८ बजेदेखि सुरु गरेका छन । […]