जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको प्रधानमन्त्री ओलीको दाबी

जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गर्नुभएको छ । आज नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको पनि दाबी गर्नुभएको छ । उहाँले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको पनि बताउनुभयो । उहाँले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताउनुभयो । विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको पनि ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार