रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले मंगलबार उद्घाटन गर्नुभयो । नागरिक आरोग्य सेवा केन्द्रबाट निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण र योगाभ्यास सहितका सेवाहरु प्रवाह हुने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार