रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु

रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले सहभागिता जनाएका छन । प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ३५ हजार,२५ हजार र १५ हजारको साथमा सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने वडाअध्यक्ष तामाङले बताउनुभयो । आज एक कार्यक्रमको आयोजना गरि भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ ।                           

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार