रामेछापमा कोरोनाको खोप अभियान जारी, ७३८ जनाले लगाए खोप

रामेछापमा कोरोनाको खोप अभियान जारी, ७३८ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएको सात दिनमा ७३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी ७३८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो चरणको खोप प्रयोगका लागि ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,७५२ जना महिला स्वास्थ्य स्वयमसेविका ,३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी र २१ जना सरफाइकर्मीलाई गरी जिल्लाभरका एक हजार ४७७ जनाको नामावली पठाएको छ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार