यात्रा स्मरण : मानवीयता हराएको छैन
(बास्तविक घटनामा आधारित) दिन थियो २०७७ साल मंसिर १३ गते शनिवार । म क्याम्पसको कामको शिलसिलामा काठमाडौँ जानु पर्ने भएकाले विहान ६ः३० बजेतिरै रामेछापबाट मोटरसाइकलमा निक्लिएँ । विहानको चिसोमा विस्तारै–विस्तारै वी.पि.राजमार्ग र आपसको रमणीय दृष्य हेर्दै अगाडि बढी रहेँ । अत्याधुनिक विकासको एउटा नमूना वी.पि. राजमार्ग कतै सिधा त कतै नागवेली आकारको,यसको दृष्यवलोकन गरेर नरमाउने […]