रामेछाप लामागाउँका ४० परिवारलाई कांग्रेस नेता कार्कीद्धारा सहयोग

रामेछाप लामागाउँका ४० परिवारलाई कांग्रेस नेता कार्कीद्धारा सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका कोरोना संक्रमित ४० परिवारलाई नेपाली कांंग्रेस रामेछापका नेता रत्न कार्कीले सहयोग गर्नुभएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको लामागाउँमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको थियो र पुरै गाउँ नै शिल गरिएको थियो ।

दैनिक ज्याला मजदुरी गरेर आफनो जिवन निर्वाह गरिरहेका लामागाउँका नागरीकहरुमा खाध्यान्न अभाव नहोस भनेर आफुले सहयोग उपलब्ध गराएको कांग्रेस नेता कार्कीले बताउनुभयो । उहाँले प्रयास नेपाल नामक संस्था मार्फत ४० परिवारका लागी प्रति परिवार एक बोरा चामल,एक लिटर खाने तेल ,एक किरेट अण्डा र ५ केजी गेडागुडी उपलब्ध गराउनुभयो ।

सो सामाग्री आज लामागाउँमै पुगेर कांग्रेस नेता कार्की,रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,वडा नं ८ का वडाअध्यक्ष केदार कार्कीले सो गाउँका स्थानियलाई हस्तान्तर गरेका हुन ।

रामेछाप नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

साथै उहाँले रामेछाप नगरपालिकालाई पनि विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुका लागी ९ हजार पिस माक्स,१२ वटा अक्सिमिटर,६० लिटर स्यानिटाईजर,पिपिई सेट २० वटा,१२ पिस थर्मल गन लगायतका स्वास्थ्य समाग्रीहरु नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका प्र्रमुख नर बं थापा मगर र उपप्रमुख सृजना खड्कालाई हस्तान्तरण गर्नुभयो । यो सहयोगले नगरपालिकालाई कोविड रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै नगर प्रमुख र उपप्रमुखले नेता कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार