एमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

नेकपा एमालले रामेछापबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल र प्रदेशसभा ख मा मिलन घिसिङलाई उम्मेदवार […]

नवीन गाउँलेकाे बलशाली कबिता

भित्ताहरुमा भाेग भाेगहरुले मेराे हृदयकाे अात्मदहमा सारङ्गीलेझै रेटिदिएपछि कथित कबिहरुलेझै कहाँ गाउन सक्छु म कबिताकाे जुन राग हाे मलाई थाहा छ तिम्रो सौर्न्दर्य शास्त्रहरुकाे तिम्रो गुलाबी शैलीहरुमा मेराे जैविक कथाहथरुले तिम्राे उपल्लाे बौद्धिकताहरुमा अप्राकृतिक गठबन्धन?भैगाे समर्पणका याेगहरु जाेड्न कदापी नयाँ भाष्यहरु दिन सक्ने छैन अाकर्षक शब्दहरुकाे बयानमा, बिल्कुल तिम्रो उत्तरअाधुनिक हाे कि पहिचान र मिथकहरुकाे […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जित्यो

बडादशैँको अवसरमा जागरुक युवा क्लब सुकाजोरले आयोजना गरेको “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जितेको छ । आयोजक जागरुक युवा क्लब र टिम हिलेपानीबिच भएको फाइनल खेलमा टिम हिलेपानीले ३ गोल गर्न सफल भएको छ भने जागरुक युवा क्लबले एक गोल मात्रै गर्न सक्यो । प्रतियोगितामा प्रथम हुँदै टिम हिलेपानीले नगद ५० हजारको […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै

केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे । हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे […]

आजदेखि लुक्लामा मन्थली विमानस्थलबाट नियमित उडान शुरु

काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक÷एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ […]

रामेछाप नगरपालिका–५ रामपुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरले सामाजिक सुरक्षा भत्ता घरमा नै पुगेर वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि वडामा रहेको सहकारीसँगको सहकार्यमा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारीसँग सहकार्य गरेर यहि असोज १२ गतेदेखी नागरीकको घरमै […]

रामेछापको सुनारपानीमा आजदेखी वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । आजदेखी सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुने वडा कार्यालयले जानकारी दिएको छ ।  बडा दशैँको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पुरुष भलिबल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता सुरु, १० टिम सहभागी

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गरेको हो । आजेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । प्रतियोगितामा महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिमको […]

रामेछापमा दसैको चहलपहल सुरु तर व्यापार सोचेजति नभएको व्यवसायीको गुनासो

रामेछापका बजार तथा गाउँघरमा दसैको चहलपहल सुरु भए पनि व्यापार खासै नभएको व्यवसायीहरूले बताएका छन् । विगतका दुई वर्ष कोरोना कहरले थलिएका व्यावसायी यसपाली बेलैमा दसैको किलमेल सुरु हुने अपेक्षामा थिए । तर यसपाली पनि खासै किनमेल र आर्थिक गतिविधी नहुने चिन्ताले रामेछाप बजारका व्यवसायी चिन्तित छन् । एकातिर दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ […]

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष […]