गत २४ घण्टामा दुइ सय ७४ जनामा कोरोना सङक्रमण , उपत्यकामा ४५ जना थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप दुइ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको नियमित जानकारी गराउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा दुइ सय २७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । […]