रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ५६ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ५ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लामा हालसम्म ५ सय ६७ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९, दोरम्बा गाउँपालिकामा ३० , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका ७५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा विहिबार अर्थात आजसम्म ७५ जना क्वारेन्टिनमा रहेका छन । १० जना महिला र ६५ जना पुरुष गरि ७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ४८ ,गोकुलगंगा गाउँपालिकामा १३,लिखुतामाकोशी गाउँपालिकामा ११ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ७५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , उमाकुण्ड , दोरम्बा र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय २७ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार