नेपालमा थपिए ३ सय ६० जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा थपिए ३ सय ६० जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा उपचाररत २ सय ३३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल नेपालमा ६ हजार २ सय ९६ सक्रिय सङ्क्रमित संख्या रहेको छ । डा गौतमले ६ हजार ६ सय २२ आजको पिसिआर गरिएको जानकारी दिँदै थप ३ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र नेपालमा कोरोना सङ्क्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको र नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको डा गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार