जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । वितेको ३ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा ७१ जना महिलाले प्रसुती सेवा लिँदा आ.ब.०७८/०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए । अघिल्लो आ.ब.०७९/०८० मा १ सय ६० जनाले प्रसुती सेवा […]

रामेछापको आख्रेनी स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १९६ जनाले लिए सेवा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनी स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको शिविरमा १ सय ९६ जनाले सेवा लिएका छन । बुधबार भएको शिविरमा नसर्ने रोगहरुको सचेतना तथा परीक्षण र स्क्रिनिङ्ग शिविर संचालन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उक्त […]

जिल्ला अस्पताल रामेछापमा कृतिम घटना अभ्यास

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार नजिकै सवारी दुर्घटना भयो । आज(आइतबार) बिहान १० बजेको समयमा भएको मिनीबस दुर्घटनामा १० जना घाईते भए । घाईते मध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गयो । घटनास्थलमा पुग्दा घाइतेहरु चिच्चाहट गर्दै थिए । कोहि रोडमा पछारिएका थिए । कोहि गाडीमुनी परेका थिए त कोहि […]

गौरीशङ्कर मावि रामेछापमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै

पछिल्लो समय धेरै विद्यालयमा पढ्दै कमाउँदैसँगै विद्यालयमा नर्स कार्यक्रम सबैभन्दा प्रभावकारी देखिएको छ । कतिपय विद्यालयमा प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेका छन् भने केहि विद्यालयमा स्थानीय सरकारले यस्तो कार्यक्रम चलाएका छन् । रामेछापको गौरीशङ्कर माविमा पनि विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएको छ । विद्यालयमा नर्स कार्यक्रम अन्तर्गत विद्यालयमै विरामी भए उपचार, पोषणको जानकारी […]

जिल्ला अस्पताल रामेछापले पायो न्युनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८७ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८७ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८७ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । एक वर्ष अघिको मापन […]

रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

जिल्ला अस्पताल रामेछापमा महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर सुरु भएको छ । बाम्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सुरु भएको हो । शिविर सुरु हुनुअघि भएको एक कार्यक्रममा बोल्दै बाम्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला अस्पताल रामेछापलाई एउटा विशेष रोगको उपचार गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी पहल भैरहेको बताउनुभयो । […]

शारीरिक अपाङ्गता परीक्षण शिविरमा ५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा भएको शारीरिक अपाङ्गता परीक्षण शिविरमा ५८ जनाले सेवा लिएका छन । बिहिबार(आज) संचालन भएको शिविरमा ४२ जना बालबालिका र माथिल्लो उमेर समुहका १६ जनाले सेवा लिएका हुन । सेवा लिएका मध्ये ४ जनालाई अपरेशन गर्नुपर्ने देखिएको रामेछाप नगरपालिकाका महिला विकास निरीक्षक सरिता बुढाथोकीले जानकारी दिनुभयो । शिविरमा अपाङ्गता पहिचान भएकाहरुलाई उनिहरुको आवश्यकताको […]

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदै

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हने भएको छ । रामेछाप नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रेको आयोजना शिविर संचालन हुन लागेको हो ।यहि जेठ ४ गते बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म शिविर संचालन हुनेछ । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको,आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,भाँचिएर बाङ्गो […]

नागरीक आरोग्य सेवा केन्द्र हिलेपानीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

रामेछाप नगरपालिका ७ सुकाजोर हिलेपानीमा रहेको नागरीक आरोग्य सेवा केन्दमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । बुधबार (आज) रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले आफ्नो रक्तचाप जाँच गराएर उक्त कार्यक्रमको सुरुवात गर्नुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यहाँ पनि सुरुवात गरिएको हो । यो कार्यक्रम अन्तर्गत […]

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । कार्यक्रममा पिसाब, दिसा, रगत, […]