रामेछापको देउरालीमा नयाँ निर्वाचन सामग्री र कर्मचारी पठाइँदै
रामेछापको रामेछाप नगरपालिका–२ मा आज (मंगलबार) पुनः नयाँ निर्वाचन सामग्री तथा थप कर्मचारी पठाउने तयारी गरिएको छ। हिजो निर्वाचन सामग्री बोकेको सवारीसाधन दुर्घटनामा परेपछि क्षति पुगेका सामग्रीको सट्टा नयाँ सामग्री पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुर्घटनामा ११ वटा मतपेटिकामा क्षति पुगेको थियो। उक्त घटनापछि मतदान कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक सामग्री […]

