रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी मन्दरे स्थित सडकखण्डमा आज बिहान बसले मोटरसाईकलाई ठक्कर दिँदा २ जना घाईते भएका छन । रामेछापको रामपुरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बसले मोटरसाईकलाई ठक्कर दिएको हो ।
बा प्र ०२ – ०५४ प ५५५ नम्बरको मोटरसाईकलका चालक रामेछाप नगरपालिका ९ का वर्ष २८ को गरिराज खड्गी घाईते हुनुभएको छ । सोही मोटरसाईकलको पछाडी सवार सोही ठाउँकी वर्ष २७ की लक्ष्मी श्रेष्ठ पनि घाईते हुनुभएको हो ।
घाईते दुबै जनालाई थप उपचारको लागि काठमाण्डौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ ।


