अब २५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित भएमा लकडाउन गरिने
स्वास्थ्य मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ । नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार […]

