नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भएपनि […]

देशमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका मन्त्रालयका […]

रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षासुरु भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा आजेदेखि सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका अन्तर्गत रहेका ५ वटा माध्यमिक विद्यालयहरुले कोरोनाका कारण […]

देशमा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ सङ्क्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ […]

रामेछाप सुनापतिका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप २ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक १९ गते सुनापति गाउँपालिका वडा नम्बर ५ बाट पिसिआर परीक्षणका लागी प्रादेशिक ल्याब धुलिखेलमा पठाइएका ८ जनाको स्वाब मध्ये २ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जसअन्तर्गत सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष ४५ का पुरुष र वर्ष […]

युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने

युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ ।युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ । बेरोजगार युवाको आवश्यक र रुचि पहिचान […]

त्रिभुवन विश्वविद्यालयले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो […]

थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको […]

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, […]

हालसम्म रामेछापका ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ३ सय ८४ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ७ जनामा गरी ३ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ […]