रामेछापको साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रामेछापको साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय मन्थली रामेछापले रामेछाप नगर उद्योग वाणिज्य संघको समन्वयमा करदाताहरुका लागी करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा आर्थिक वर्ष ७७,७८ को ऐनले व्यवस्था गरेका प्रावधानहरु , कर किन तिर्ने, के का लागी तिर्ने, व्यापार व्यवसाय दर्ता,स्थायिलेखा नम्बर किन लिनुपर्ने,कर चुत्ता लगायतका विषयमा १ दिने अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा करदाता सेवा कार्यालय मन्थलीका करअधिकृत विनोद प्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो । करदाता शिक्षा कार्यक्रममा साँघुटारका स्थानिय व्यापारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार